कालीकोट र जुम्ला २ दिनदेखि अन्धकार

 जेठ १०, २०८० बुधबार १९:५४:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

कालीकोट – राष्ट्रिय प्रसारण लाइनमा समस्या आएपछि दुई दिन (हिजाे मङ्गलवार) देखि कालीकोट र जुम्ला अन्धकार भएको छ । 

बिजुली बत्ती नभएपछि यस क्षेत्रमा विद्युतीय माध्यमबाट हुने कामकाज राेकिएका छन् । आज बुधवार दिनभर विद्युत् प्राधिकरणका कर्मचारीहरूले कहाँ बिग्रेको छ भनेर खोजी गरे पनि 'फल्ट' (गल्ती) नभेटिएको प्राधिकरणकाे कालीकोट वितरण शाखाका प्रमुख इन्जिनियर विमल शाहले बताउनुभयो । बत्ती नभएपछि दैनिक कामकाज गर्नसमेत असहज भएको सेवाग्राहीले गुनासाे गरेका छन् । 

बाँकेदेखि सुर्खेत, दैलेख हुँदै कालीकोट पुगेको राष्ट्रिय प्रसारण लाइन जुम्लासम्म पुगेकाे छ । लामो प्रसारण लाइन भएकाले नियमित विद्युत् सेवा उपलब्ध हुन सकेको छैन ।

अन्तिम अपडेट: असार १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया