चट्याङले बन्द कालीकोट–जुम्ला विद्युत् सेवा सञ्चालन

 जेठ ११, २०८० बिहिबार १२:५५:९ | मनिराज पाण्डे
unn.prixa.net

कालीकोट– राष्ट्रिय प्रसारण लाइनमा समस्या आएपछि बन्द भएको कालीकोट–जुम्ला विद्युत् सेवा सञ्चालनमा आएको छ ।

चट्याङका कारण मंगलवारदेखि अवरुद्ध विद्युत् सेवा बिहीवारबाट सञ्चालनमा आएको हो ।

दैलेख जिल्लाको खिड्कीज्युलामा चट्याङले पन्चर भएको पिन बदलेपछि विद्युत सेवा सञ्चालनमा आएको नेपाल विद्युत प्राधिकरण कालीकोट वितरण केन्द्रका प्रमुख इन्जिनियर विमल शाहले बताउनु भयो ।

दुल्लु–मान्मा ३३ केभी प्रसारण लाइनको बिजुली बेला–बेला जाने गरेको छ । लामो लाइन भएकाले कतिबेला कहाँ के समस्या आउँछ भन्न नसकिने कालीकोट वितरण केन्द्रका मर्मत शाखा प्रमुख जयप्रसाद पाण्डेले बताउनु भयो ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

मनिराज पाण्डे

कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया