चीन र रुसले डोनाल्ड ट्रम्पको टेलिफाेन कुराकानी किन सुन्छन् ?

 कात्तिक ८, २०७५ बिहीबार १५:११:४४ | एजेन्सी
unn.prixa.net

अमेरिकी गुप्तचर संस्थाहरुले चीन र रुसले राष्ट्रपति डोनाल्ड ट्रम्पको फोनमा कुराकानी सुन्ने गरेको आरोप लगाएका छन् ।

अमेरिकी समाचारपत्र न्यूयोर्क टाइम्सले अमेरिकी गुप्तचर संस्थाहरुलाई उद्धृत गर्दै अमेरिकी राष्ट्रपतिको टेलिफोन कुराकानी चीन र रुसले सुन्ने गरेको समाचार सार्वजनिक गरेको छ । अमेरिकी अधिकारीहरुको हवाला दिँदै समाचारमा भनिएको छ, ‘चीनका जासूस अक्सर फोनमा हुने गरेको कुराकानी सुन्ने गर्छन् । राष्ट्रपति ट्रम्पको कामबारबाहीलाई राम्रोसँग बुझ्न उनको प्रशासन र नीतिलाई प्रभावित पार्न चीनले यस्तो गर्ने गरेको छ ।’

न्यूयोर्क टाइम्सका अनुसार ट्रम्प आफ्ना साथीहरुसँग कुराकानी गर्न आईफोनको प्रयोग गर्दछन् । पटक–पटक अधिकारीहरुको आग्रहका बाबजुद पनि उनी आईफोन प्रयोग गर्न छाडेका छैनन् । राष्ट्रपतिलाई ल्याण्डलाइनमार्फत कुरा गर्न पटक–पटक आग्रह गरिएको छ । 

पत्रिकाले चीन र रुसले राष्ट्रपतिको मात्रै नभएर विदेशी अधिकारीहरुबीच हुने कुराकानी पनि सुन्ने गरेको बताएको छ ।
 

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया