काभ्रेको मेथिनकोट अस्पतालमा दक्ष जनशक्तिसँगै भौतिक संरचनाको अभाव

 जेठ १८, २०८० बिहीबार १२:२३:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काभ्रेको नमोबुद्ध नगरपालिका–४ मा रहेको मेथिनकोट अस्पतालमा दक्ष जनशक्ति, भौतिक संरचना र आर्थिक अभावका कारण सेवा विस्तार गर्न समस्या भएको छ ।

विशेषज्ञ चिकित्सक नहुँदा विपी राजमार्गको छेउमा रहेको सरकारी अस्पताल मेथिनकोटमा पुग्ने बिरामीले उपचार पाउन सकेका छैनन् ।

अस्पतालले प्रदेश सरकारबाट पाँचवटा डायलायसिस मेसिन पाएको छ तर यो सेवा सञ्चालन गर्न दक्ष जनशक्ति अभाव छ ।

अस्पतालका निमित्त सुपरिटेण्डेन्ट डा मधुकर दाहालले जनशक्तिको अभाव तथा शल्यक्रियाका लागि आवश्यक औषधि नहुँदा समस्या भएको बताउनुभयो ।

मेथिनकोट अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद खनालले सेवा लिनेको सङ्ख्या बढ्दै गए पनि दक्ष जनशक्ति र भौतिक संरचनाको अभावका कारण सोचेजस्तो सेवा दिन नसकेको बताउनुभयो ।

विसं २०५४ मा प्राथमिक स्वास्थ्य केन्द्रका रूपमा स्थापना भएको मेथिनकोटलाई २०६६ सालमा १५ शय्याको जिल्ला अस्पतालका रूपमा स्तरोन्नति गरिएको थियो ।

२०७७ सालमा सङ्घीय सरकारले ५० शय्यामा रुपान्तरण गरे पछि प्रादेशिक अस्पतालका रूपमा सेवा सञ्चालन हुँदै आएको छ ।

अन्तिम अपडेट: असार २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया