बीबीसी सय प्रभावशाली महिलाको सूचीमा परेकी पर्यावरण अभियन्ता ...
मंसिर २०, २०८१ बिहिबार
मोरङ – भिडभाडमा धकेलेको आरोपमा एक युवालाई हत्या गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।
गएकाे कात्तिक २ गते शुक्रबार विराटनगर महानगरपालिका ९ को हनुमान मन्दिर आसपासमा टीकाको दिन निक्कै भिड थियो । सबै जना टीका लगाएर बजारमा निस्किएका थिए । आफन्तकोमा जानको लागि कोसेली किन्नेहरु देखिएकाले पनि निक्कै भिड भएको हो ।
त्यही भिडमा धेरै प्रकृतिका व्यक्तिहरुको उपस्थिति देखिन्थ्यो । केही युवा, केही किशोर किशोरी अनि वृद्ध बुवाआमा तथा अधिकांश प्रौढ उमेर समूहका व्यक्तिहरु आफ्नै काममा व्यस्त देखिन्थे ।
त्यही भिडभाडको बीचमा आएका थिए, विराटनगर महानगरपालिका –१४, जतुवाका १९ वर्षीय राजेश भगतसहितका साथीहरु पनि आएका थिए । त्यस्तै भिडभाडमा नै थिए अन्य केही युवाहरु पनि । बजार घुम्ने क्रममा राजेश भगतलाई त्यही भिडभाडको बीचमा नचिनेका ८–१० जनाको समूहले भगतको पेटमा धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
धरिलो हतियार प्रहारपछि गम्भीर घाइते भएका भगतलाई तत्कालै कोशी अञ्चल अस्पताल लगिएको भए पनि उनको उपचारको क्रममा ज्यान गएको थियो । हत्या भएलगत्तै प्रहरीले खोजीको क्रममा २२ जनालाई त्यसै दिन पक्राउ गरेको थियो । सीसी क्यामेरा फुटेजको आधारमा हत्यामा संलग्नहरुको पहिचान र हत्या गर्नुको कारणको बारेमा अनुसन्धान सुरु गरेको प्रहरीले हत्या हुनुको कारण दुई युवा समूहबीच धकेलाधकेल भएको जनाएको छ ।
मोरङका प्रहरी उपरीक्षक मनोज केसीले राजेश भगतसहितका युवा र विशाल सहनी, सविन कामतसहितका युवाहरु बीच धकेलेको निहुँमा सुरु भएको विवादबाट कामतको हत्या भएको बताउनुभयो । एकआपसमा धकेलाधकेल भएपछि सविन कामतलाई मृतक राजेश भगतले आक्रमण गरेको र त्यसको करिब १० मिनेटभित्र विशाल सहनीसहितको समूहले भगतमाथि धारिलो हतियार प्रहार गरेको अनुसन्धानबाट खुलेको उपरीक्षक केसीले बताउनुभयो ।
प्रहरीले हत्यामा संलग्न रहेको आरोपमा १८ वर्ष नाघेका एकजना विशाल सहनीलाई सार्वजनिक गरेको भए पनि अन्य ५ जना भने १८ वर्ष नपुगेकोले सार्वजनिक गरेको छैन । उनीहरुलाई बालबालिकासम्बन्धी कानुन आकर्षित हुने हुँदा विशाललाई मात्र सार्वजनिक गरिएको केसीको भनाई छ । तत्काललाई ६ जनालाई पक्राउ गरिएको भए पनि अन्य २ जनासहित हत्यामा ८ जनाको संलग्नता रहेको प्रहरीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।