बाँकेकाे मिडलाज ग्रुपद्वारा झन्डै १० लाख रुपैयाँ बराबरकाे प्लाइउड भारत निर्यात

 जेठ २३, २०८० मंगलबार ८:५८:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

बाँके – बाँकेका प्लाइउड उद्योगबाट उत्पादित प्लाइउड भारत निर्यात हुने क्रम बढ्न थालेको छ । शिखर प्लाइउड हुँदै पछिल्लो समय जानकी गाउँपालिकाको इन्द्रपुरमा रहेको मिडलाज ग्रुपले समेत प्लाइउड भारत निर्यात गर्न थालेको छ । मिडलाजसहित बाँकेका तीन वटा उद्योगले प्लाइउड भारत निर्यात गरिरहेका छन् ।

मिडलाज ग्रुपका अध्यक्ष तथा प्रमुख कार्यकारी रिहान मियाले पहिलो पटक झन्डै १० लाख रुपैयाँ बराबरकाे प्लाइउड भारतको प्रयागराज पठाइएको जानकारी दिनुभयो । पहिलो पटक सामान भारत पुगेयता प्रयागराजसहित कानपुर, लखनउ, आग्रा, बहराइच, नानपारालगायतका सहरहरूबाट व्यवसायीहरू आफैँ नेपाली प्लाइउड खरिदका लागि पुग्ने गरेका छन् ।

भारतीय व्यापारीहरूको रोजाइमा उत्तिस जातकाे रुखबाट तयार पारिएको प्लाइउड, ढोका पर्न थालेको मियाको भनाइ छ । मिडलाजमा झन्डै ५० जना कर्मचारी कार्यरत छन् । उद्योगको मासिक उत्पादन सात हजार पाँच सय थान प्लाइउड रहेको छ । भारतीयहरू नेपाली उत्पादन खोजी–खोजी आउनुमा उत्पादनको गुणस्तरता पनि रहेको मिया बताउनुहुन्छ ।

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Mohammad Ilyas Khan

    June 7, 2023, 7:29 a.m.

    Great work Masha Allah

  •  0 Reply

तपाईको प्रतिक्रिया