आईएमईबाट रकम पठाइ विजेता बनेकी प्रमिला रोकायालाई आईएमई ग्रु...
पुस १३, २०८१ शनिबार
काठमाडाैं – निर्वाचन आयोगले तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युुनिष्ट पार्टीको नामसम्बन्धी विवादमा शुक्रबार निर्णय सुनाउँदैछ । आयोगले बिहीबार नै निर्णय सुनाउने तयारी गरे पनि एकजना आयुक्त उपस्थित नभएकाले शुक्रबार निर्णय सुनाउन लागेको हो ।
सबै आयुक्तको उपस्थितिमा निर्णय गर्ने आयोगको तयारी छ । कम्युनिष्ट नेता, ऋषी कट्टेलले नेपाल कम्युनिष्ट पार्टी नामको दल आफ्नो अध्यक्षतामा दर्ता भइसकेकाले नाम जुधाउने गरि अर्को दल दर्ता गर्न नमिल्ने उजुरी गरेपछि नेकपाले त्यसबारे निर्णय गर्न लागेको हो ।
तत्कालीन एमाले र माओवादीले सुरुमा नेपाल कम्युनिष्ट पार्टी मात्र नाम राख्ने निर्णय गरे पनि पछि नेपाल कम्युनिष्ट पार्टी र कोष्टमा नेकपा लेख्ने गरी निर्वाचन आयोगमा नाम बुझाएका थिए । त्यो नाम पनि आफू नेतृत्वको दलसँग मिल्ने भन्दै कट्टेलले उजुरी गरेपछि आयोगले त्यसमाथि शुक्रबार निर्णय गर्न लागेको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।