साविक विजेता सीटी टोटनह्यामसँग पराजित, चेल्सी र आर्सनल विजयी
मंसिर ९, २०८१ आइतबार
गाेरखा - गोरखा घुम्ने पर्यटकलाई अब पृथ्वीनारायण शाहको मूर्ति उपहार दिइने भएको छ । गोरखा घुम्न पुग्ने आन्तरिक तथा बाह्य पर्यटकलाई गोरखाको पहिचान र चिनारी झल्कने पृथ्वीनारायण शाहको मूर्ति मायाको चिनोका रूपमा दिइने गोरखा नगरपालिकाले जनाएको हाे ।
नगरपालिकाले त्यसका लागि पालिका भित्रै मूर्ति बनाउन तालिम दिएको छ । १५ जना महिलाले मूर्ति बनाउन विशिष्ट तालिम लिएका मेयर कृष्णबहादुर रानामगरले जानकारी दिनुभयो ।
स्थानीयको आयआर्जन पनि बढाउने उद्देश्यले तालिम दिइएको उहाँले बताउनुभयो । उहाँका अनुसार विशिष्ट तालिम अघि नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको मूर्ति तथा मूर्तिको फ्रेम बनाउन एकमहिने आधारभूत तालिम दिइएको थियो ।
गोरखा आएर फर्कने पर्यटकले गोरखामा उत्पादित तथा गोरखाको इतिहास जोडिएको मायाको चिनो प्राप्त गर्न सकुन् भन्ने उद्देश्यले मूर्ति बनाउने तालिमको आयोजना गरिएको मेयर रानामगरले बताउनु भयाे ।
तालिमले रोजगारीको अवसरसमेत सिर्जना गरेको बताउँदै रानामगरले यसबाट महिलालाई दैनिक आयआर्जनका साथै आत्मनिर्भरसमेत बनाउने बताउनुभयो । तालिम सञ्चालन गर्न नगरपालिकाले चालु आर्थिक वर्षमा तीन लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Ruku Rana magar
June 13, 2023, 7:09 p.m.राम्रो लाग्यो यो काम प्रत्येक ठाउँ बाट नयाँ मान्छे घुम्न आउँदा यसरीनै मायाको चिनो दिएर अघि बढ्ने हो भने हाम्रो गोरखा पनि एकदिन राम्रो पर्यटकीय स्थल बन्न छ