काठमाण्डौको सिनामङ्गलमा प्रहरीले गोली चलायो, एक जना पक्राउ

 जेठ २८, २०८० आइतबार १४:१४:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डाै – काठमाण्डौको सिनामङ्गलमा प्रहरीले गोली चलाएर एक जनालाई पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्युरोको टोलीले लागुऔषध ओसारपसारको आशङ्कामा पक्राउ गर्ने क्रममा विकास भगतमाथि गोली चलाएको हो ।

नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता कुबेर कडायतका अनुसार सिनामङ्गलको शम्भु मार्गमा लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाएको हो ।

गोली लागेर घाइते भएका भगतको अहिले काठमाण्डौ मेडिकल कलेजमा उपचार भइरहेको छ । उनको साथबाट सय ग्राम लागुऔषध बरामद भएको प्रहरीको भनाइ छ ।

अन्तिम अपडेट: असोज ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया