हार्भर्ड विश्वविद्यालयलाई विदेशी विद्यार्थी भर्ना गर्न प्रतिबन्ध लग...
बैशाख ४, २०८२ बिहिबार
काठमाडाैं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल भारत पुगेका छन् ।
अध्यक्ष दाहाल इन्डिया फाउन्डेशनले आयोजना गरेको ‘आईडिया कन्क्लेभ’ विषयक विचार गोष्ठीमा सहभागी हुन शुक्रबार बिहान भारतको राजधानी नयाँ दिल्ली जानुभएकाे हाे । भारत प्रस्थान गर्नुअघि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा संचारकर्मीमाझ संक्षिप्त प्रतिक्रिया दिँदे उहाँले गोष्ठीमा आफूले दुई मुलुकबीचको सम्बन्ध तथा दक्षिण एशीयाली राष्ट्रहरुको विकासबारे धारणा राख्ने बताउनु भयो ।
उहाँले इन्डिया फाउन्डेशनले दक्षिण एशीया र अन्तराष्ट्रिय स्तरमा पनि विचार निर्माणमा महत्वपूर्ण योगदान दिँदै आएको देखिएकाले पनि आफू सो कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागी हुन जान लागेको पनि स्पष्ट पार्नुभयो ।
नयाँ दिल्लीमा आयोजना हुने अन्तर्राष्ट्रिय स्तरको विचार गोष्ठीमा सहभागी भएर अध्यक्ष दाहाल आजै साँझ स्वदेश फर्कनु हुनेछ । गएको पाँच वर्षयता इन्डिया फाउन्डेशनले लगातार ‘आईडिया कन्क्लेभ’ कार्यक्रम आयोजना गर्दै आएको छ ।
अध्यक्ष दाहालको नयाँ दिल्ली बसाइको क्रममा राजनीतिक भेटवार्ता भने नहुने बताइएको छ । अध्यक्ष दाहाललाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेललगायतका नेताहरुले विमानस्थलमा विदाई गर्नु भएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।