सुदूरपश्चिम सरकारले ल्यायाे २९ अर्ब २६ कराेड रुपैयाँकाे बजेट (पूर्ण पाठ)

 असार १, २०८० शुक्रबार २०:२:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१ का लागि २९ अर्ब २६ करोड ५९ लाख रुपैयाँकाे बजेट सार्वजनिक गरेको छ । 

प्रदेशका आर्थिक मामिलामन्त्री नरेशकुमार शाहीले शुक्रवार प्रदेश सभामा आउँदाे आर्थिक वर्षको बजेट सार्वजनिक गर्नुभएको हो । 

सरकारले चालुतर्फ नौ अर्ब ५९ करोड ६० लाख (३२ दशमलव ७९ प्रतिशत), पुँजीगततर्फ १७ अर्ब दुई करोड २३ लाख (५८ दशमलव १६ प्रतिशत) बजेट विनियोजन गरेको छ । यसैगरी अन्तरसरकारी वित्त हस्तान्तरणतर्फ दुई अर्ब ३४ करोड ७५ लाख (८ दशमलव ०२ प्रतिशत) र वित्तीय व्यवस्थातर्फ ३० करोड (१ दशमलव ०३ प्रतिशत) बजेट विनियोजन गरेको छ ।

यस्तै सरकारले बजेटमा प्रदेशको ३२ वटै निर्वाचन क्षेत्रका लागि तीन कराेडका दरले ९६ करोड रुपैयाँ बजेट विनियोजन गरेकाे छ ।

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया