दक्षिण कोरियाले ‘सीप बिल्डिङ’को काममा पनि नेपाली श्रमिक लैजाने, केही दिनमा आवेदन खुल्दै

 असार ३, २०८० आइतबार १३:५२:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – दक्षिण कोरियाले ‘सीप बिल्डिङ’ पानी जहाज बनाउने काममा नेपाली श्रमिक लैजाने भएको छ ।

रोजगार अनुमति प्रणाली (इपीएस)मार्फत नै दक्षिण कोरियाले सीप बिल्डिङको काममा नेपाली श्रमिक लैजाने तयारी भएको र अबको केही दिनमा नै सूचना जारी हुने कोरिया शाखाका निर्देशक पुष्पराज कटुवालले जानकारी दिनुभयो । 

अहिले रोस्टरमा नाम भएका ८९२ जनाको छनौट प्रक्रिया भइरहेको छ । अबको  केही दिनमा नै थप २५ सय जनाको आवेदन माग हुने निर्देशक कटुवालले बताउनुभयो । 

‘यसअघि पनि नेपालीहरू सीप बिल्डिङको काममा नजानु भएको होइन जानुभएको हो, तर यहाँबाट जाने बेलामा नै यो काम पर्छ भन्ने यकिन हुँदैन थियो’ उहाँले भन्नुभयो ‘अब भने छुट्टै क्षेत्र नै तोकेर कोरियाले श्रमिक माग गरेको छ ।’

सीप बिल्डिङको क्षेत्रमा पनि श्रमिक छनौटको प्रक्रिया अन्य क्षेत्रमा जाने श्रमिकको जस्तै हुनेछ ।

यसअघि कृषि तथा पशुपालन र उत्पादन क्षेत्रमा श्रमिकहरू इपीएस प्रणालीमार्फत दक्षिण कोरिया गइरहेका छन् । इपीएस प्रणालीमार्फत दक्षिण कोरियामा रोजगारीका लागि जाँदा भाषा परीक्षा र सीप परीक्षण दुवैमा पास हुनुपर्छ ।

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

2 Comments

  • प्रदिप चौहान

    June 20, 2023, 9:15 a.m.

    कोरिया मा सीप बिल्दिङ वेल्दिङ मा म पनि जाने

  •  0 Reply
  • Dipak bantha magar

    June 18, 2023, 4:40 p.m.

    Janko lagi sip siknu parxa nai

  •  0 Reply

तपाईको प्रतिक्रिया