गोरखा र कास्कीका केही ठाउँमा ठूलाे वर्षा, सावधानी अपनाउन आग्रह

 असार ३, २०८० आइतबार १९:२४:८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – गोरखाको बारपाक, कास्कीको ज्यामिरेबारी र सिक्लेसमा ठूलो पानी परिरहेकोले सावधानी अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ ।

विभागअन्तर्गत नेपाल बाढी सूचना केन्द्रले कास्कीको ज्यामिरेबारी र सिक्लेसमा धेरै वर्षा मापन भएको र त्यस आसपासका नदीहरूमा आकस्मिक बाढी आउन सक्ने भन्दै सचेतता अपनाउन अनुरोध गरेको हो ।

यस्तै अहिले कोशी, बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै ठाउँमा मेघगर्जन/चट्याङसहित सामान्य वर्षा भइरहेको छ । आज राति पनि कोशी प्रदेशका केही भागमा ठूलाे वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

लगातारको वर्षापछि आएको बाढी, पहिरोलगायत विपद्जन्य घटनाले पूर्वी नेपालका विभिन्न जिल्ला प्रभावित भएको छ । त्यस क्षेत्रमा ठूलो मानवीय क्षति हुने गरी विपद्जन्य घटना भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवम् प्रहरी नायब महानिरीक्षक कुबेर कडायतका अनुसार अहिलेसम्म पाँचथर, सङ्खुवासभा, ताप्लेजुङलगायत जिल्लामा मात्रै विपद्जन्य घटनामा परेर तीन जनाको ज्यान गएकाे र २९ जना बेपत्ता रहेका छन् । बेपत्ताहरूको खोजी भइरहेकाे उहाँले बताउनुभयो ।

अन्तिम अपडेट: कात्तिक ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया