पाँचथरको तीन वटा पालिकामा दुई दिन विद्यालय बन्द

 असार ५, २०८० मंगलबार ९:१४:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

पाँचथर – पाँचथरको तीन वटा पालिकाका सामुदायिक विद्यालयमा आज (मङ्गलवार) र भोलि (बुधवार) बिदा दिइएको छ । फिदिम नगरपालिका, फालेलुङ गाउँपालिका र हिलिहाङ गाउँपालिकाका सामुदायिक विद्यालयमा दुई दिन बिदा दिइएको हो ।

निरन्तरको वर्षाका कारण यी पालिकामा बाढी तथा पहिरोको जोखिम रहेको र विद्यार्थीहरू विद्यालयसम्म पुग्न कठिनाइ भएकोले दुई दिन विद्यालय बन्द गरिएको फिदिम नगरपालिका शिक्षा शाखा अधिकृत निर्मला दाहालले जानकारी दिनुभयाे ।

गएकाे शनिवार रातिदेखिको निरन्तर वर्षाले यी तीन पालिकामा बाढी तथा पहिरोकाे जाेखिम बढेकाे हाे । बर्खे बिदाबाट कटान हुने गरी दुई दिन विद्यालयमा बिदा दिइएको अधिकृत दाहालले बताउनुभयो ।

अन्तिम अपडेट: असार २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया