माइतीघरमा मिटरब्याजीकाे धर्ना

 असार ६, २०८० बुधबार १६:३५:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – तराईका विभिन्न जिल्लाबाट आएका मिटरब्याजीहरूले काठमाण्डाैकाे माइतीघरमा धर्ना दिएका छन् ।

पीडित लेनदेन सङ्घर्ष समिति, मधेस प्रदेश, रौतहटलगायत तराईका विभिन्न जिल्लाबाट आएका मिटरब्याजीहरूले बुधवार माइतीघरमा धर्ना दिँदै प्रदर्शन गरेका हुन् । परापूर्वकालदेखिको आपसी लेनदेनको व्यवहारलाई भताभुङ्ग पार्न खोजिएको आरोप लगाउँदै उनीहरूले आफूहरूमाथि कारबाही गर्न ल्याइएको अध्यादेश तत्काल खारेज गर्न सरकारसँग माग गरेका छन् । 

उनीहरूले स्थानीय निकायमा जाँचबुझ गरी मात्र प्रमाणको आधारमा उजुरी दर्ता गरिनुपर्ने, अहिले दर्ता गरिएका उजुरीलाई जाँचबुझ तथा छलफलका लागि पालिकालाई जिम्मा दिनुपर्ने, आफूहरूले दिएको पैसाको साँवा र ब्याज उपलब्ध गराउनुपर्नेलगायतका माग राखेर आन्दोलन गरेका छन् । 

प्रदर्शनमा सहभागीहरूले लेनदेन कारोबार सहज गर, अदालतमा कपाली तमसुकको मुद्दा दर्ता गर, कानुन बमोजिम गरिएको लगानी कानुन बमोजिम फिर्ता गरियोस् लगायतका प्ले कार्ड र ब्यानर बोकेर विरोध जनाएका छन् ।

अन्तिम अपडेट: असार ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया