नेपालले २ पटकको विश्व च्याम्पियन वेस्ट इन्डिजसँग खेल्दै

 असार ६, २०८० बुधबार १९:२५:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आईसीसी एकदिवसीय विश्व कप छनोट प्रतियोगिताअन्तर्गत नेपालले भोलि बिहीवार निकै बलियो मानिएको वेस्ट इन्डिजसँग खेल्दैछ । खेल दिउँसो पौने १ बजे जिम्बावेको हरारेमा सुरु हुनेछ ।

नेपाल र वेस्ट इन्डिज पहिलो पटक खेल्न लागेका हुन् । वेस्ट इन्डिज दुई पटकको एकदिवसीय तथा टी–ट्वान्टी विश्व कप च्याम्पियन हो । वेस्ट इन्डिजले सन् १९७५ र १९७९ मा एकदिवसीय विश्व कप जितेकाे थियाे भने २०१२ र २०१६ मा टी–२० विश्व कप जितेकाे थियाे । नेपालका लागि यो ऐतिहासिक अवसर भएको प्रशिक्षक मोन्टी देसाई र कप्तान रोहित पौडेलले बताएका छन् ।

छनाेट प्रतियाेगितामा आफ्नो पहिलो खेलमा वेस्ट इन्डिजले अमेरिकालाई हराएको थियो भने नेपाल जिम्बावेसँग पराजित भएको थियो । दोस्रो खेलमा नेपालले अमेरिकालाई हराएको थियो । लगातार दोस्रो जितसँगै जिम्बावे ४ अङ्कसहित समूह 'ए' काे तालिकाको शीर्ष स्थानमा छ । समान २/२ अङ्क भएका वेस्ट इन्डिज दोस्रो र नेपाल तेस्रो स्थानमा छन् । लगातार दोस्रो हार बेहोरेको अमेरिका चौथो र १ खेल खेलेको नेदरल्यान्ड्स पुछारमा छ ।

समूह 'बी' मा आयरल्यान्ड, श्रीलङ्का, यूएई, स्कटल्यान्ड र ओमान छन् । दुवै समूहका शीर्ष तीन टोली 'सुपर सिक्स' मा पुग्नेछन् । त्यसपछि शीर्ष दुई टोलीले आउँदो अक्टोबरमा हुने विश्व कपमा स्थान बनाउनेछन् ।

अन्तिम अपडेट: असोज १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया