पालिकामा आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याउने काम तीव्र

 असार ७, २०८० बिहिबार ७:३७:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – पालिकामा आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याउने काम तीव्र भएको छ ।

योजना निर्माणका विभिन्न तह पार गरी पालिकाहरु नीति तथा कार्यक्रम र बजेट  ल्याउने अन्तिम तयारीमा जुटेका छन् ।

काठमाण्डौ महानगरपालिका, ललितपुर महानगरपालिकालगायत कतिपय पालिकाले वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरिसकेका छन् ।

स्थानीय तह सञ्चालन ऐन, २०७४ को दफा ७१ अनुसार सबै ७ सय ५३ वटै पालिकाले असार १० गते भित्र आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट आ–आफ्नो गाउँ/नगर सभामा पेस गर्नुपर्छ।

बजेटमा चालू आर्थिक वर्षको राजस्व र व्ययको यथार्थ विवरण तथा  आउँदो आर्थिक वर्षका योजना तथा कार्यक्रम र आय/व्ययको  अनुमानित विवरण समावेश गर्नुपर्छ । 

पालिकाले आफ्नो आन्तरिक राजस्व र आयबाट प्राप्त रकम, राजस्व बाँडफाँटबाट प्राप्त हुने रकम, नेपाल सरकार र प्रदेश सरकारबाट प्राप्त हुने अनुदानलगायतका आधारमा वार्षिक बजेट निर्माण गर्नुपर्छ ।

सङ्घ र प्रदेशबाट प्राप्त हुने अनुदान खुम्चिएको र आन्तरिक आम्दानीको स्रोत  परिचालन कमजोर बनेपछि सङ्घ र प्रदेश सरकारको जस्तै धेरैजसो पालिकाको बजेटको आकार घट्ने देखिएको छ ।

सङ्घीय सरकारले जेठ १५ गते र प्रदेश सरकारले असार १ गते बजेट सार्वजनिक गरिसकेका छन् ।

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया