भारतीय चलचित्रको प्रदर्शन नरोक्न अदालतको आदेश, निर्णय नमान्ने मेयर बालेन्द्र शाहको भनाइ

 असार ७, २०८० बिहीबार १४:२९:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – उच्च अदालत पाटनले काठमाण्डाैका हलमा भारतीय चलचित्रको प्रदर्शन नरोक्न अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

नेपाल चलचित्र सङ्घले दायर गरेको रिटमा आज शुक्रवार सुनुवाइ गर्दै न्यायाधीश धिरबहादुर चन्दको एकल इजलासले भारतीय चलचित्रलगायत सेन्सर बोर्डले अनुमति दिएका कुनै पनि चलचित्रको प्रदर्शन नरोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । अदालतले छलफलका लागि असार १२ गते दुवै पक्षलाई बोलाएको छ ।

भारतीय चलचित्र 'आदिपुरुष' मा रहेको जानकी भारतीय छोरी हुन् भन्ने आशयको संवाद मूल फाइलबाट नहटाएको भन्दै काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र शाहले गएको सोमवारदेखि भारतीय चलचित्र प्रदर्शनमा रोक लगाउनुभएको छ । मेयर शाहको निर्णयविरुद्ध चलचित्र सङ्घले उच्च अदालत पाटनमा रिट दायर गरेको हो ।

यसैबीच मेयर बालेन्द्र शाहले सामाजिक सञ्जालमा लेख्दै अदालतले आदेश दिए पनि काठमाण्डौ महानगरभित्र भारतीय चलचित्र प्रदर्शन गर्न नदिने अडान लिनुभएको छ । चलचित्र लेखकले नेपाल भारतको अधिनमा थियो भन्नुले चलचित्रको नियत स्पष्ट भएको भन्दै मेयर शाहले आफू जुनसुकै सजाय भोग्न तयार रहेको तर महानगरमा भारतीय चलचित्र चल्न नदिने बताउनुभएको छ । उहाँले देशको सार्वभौमिकता र स्वाधीनताको सवालमा आफू कुनै कानुन र अदालतलाई नमान्ने जिकिर गर्नुभएको छ ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

3 Comments

  • saujan Thapa

    June 22, 2023, 11:29 p.m.

    Balen is the king n best patraotism great respect don't underestimate to him.

  •  0 Reply
  • Mohan Bsk

    June 22, 2023, 4:31 p.m.

    मेयर बालेन शाह ज्युको शब्द शब्द प्रती सम्मान ब्यक्त गर्दै सहमत प्रकट गर्द्छु ! जहाँ देशको स्वाधीनता,सर्वभौमिकता र अखण्डता को प्रश्न आउँछ कुनै पनि राष्ट्र र राष्ट्रियताको भक्त सच्चा नेपालीले आफ्नो साहस,हिम्मत,आँट, हैसियत र ईज्जत् कदापि गिराउनु हुदैन किन भने नेपाली जनता हाम्रो देशको राजनीति र नेताहरू जस्तो होइनन अहिले यो राष्ट्रको बारे देखाएको जनभावना , भक्ति र जिम्मेवारीलाई सर्वोच्चले दिएको फैसला कुनै कोणबाट राष्ट्रहितमा देखिन्न ! बिदेशिको आदेशमा नेताहरूको सिफारिसमा जनभावना बिपरित गरिएको फैसला हो भन्ने स्पष्ट छ। आफ्नो देशको स्वाधीनता र सर्वभौमिकता मा धाबा बोल्दा नेपालका कुनै पनि दल र नेताहरू,सत्तासिनहरु चुँ सम्म नबोल्दा एक नागरिक (एक जिम्मेवार जनप्रतिनिधि जसलाई करोडौं जनताको साथ र समर्थन छ समेत) ले साहस देखाएर आफ्नो जिम्मेवारी निभाउदा उसलाई देशको साहसिक युवा भनेर सम्मान गर्दै हौसला दिनुको सट्टामा यस्तो लम्पसार फैसला दिएको मा आम नेपाली जनताको धोर आपत्ती र शंका उत्पन्न हुन्छ तसर्थ:सर्वोच्चले पुन:र्विचर गरि सहि तथ्यमा आधारित राष्ट्र र राष्ट्रियताको बिषयमा गम्भीर भएर फैसला गरियोस र शपथ खाएर देश र जनताको हितमा कार्य गर्ने राष्ट्र र राष्ट्रियताको पक्षमा यसको हित विपरीत कहिल्यै नडग्मगाउने भन्दै सत्ताको जिम्मेवारी लिनेहरुलाई आफ्नो ड्युटी गर्न तुरुन्तै आदेश जारी गरियोस । भन्दै हाल सम्म बिदेशिहरुको ज्यादती लाई कडाइ का साथ दूतावास,कुटनैतिक नियोग र सरोकारवालाहरुले समस्या समाधान गर्न समेत आदेश जारी गरियोस । जनतालाई सर्वोच्चको मानमर्यादा विस्वास र गरिमामय माथी प्रश्न चिन्ह उठ्ने बाताबरण नबनाईयोस यो राजनीतिखेलको थलोको गन्ध तुरुन्तै हटाईयोस ।

  •  0 Reply
  • Krishna Neupane

    June 22, 2023, 3:46 p.m.

    नेपालको छोरो बालेन मेरो पनि समर्थन छ ।

  •  0 Reply

तपाईको प्रतिक्रिया