'टाइटानिक' जहाजको भग्नावशेष हेर्न पनडुब्बी जहाजमा गएका पाँचै जनाकाे ज्यान गयाे

 असार ८, २०८० शुक्रबार ८:१:२५ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

एटलान्टिक महासागरमा टाइटानिक जहाजकाे भग्नावशेष हेर्न पनडुब्बी जहाजमा गएका पाँचै जनाकाे ज्यान गएकाे छ । अमेरिकी काेस्ट गार्डले यसकाे पुष्टि गरेकाे हाे ।

अमेरिकी काेस्ट गार्डका एक अधिकारीले पनडुब्बीकाे पाँच भाग टाइटानिक जहाजकाे एक हजार छ सय फिटमा फेला परेको पुष्टि गरेका छन् । भेटिएको भग्नावशेष विपत्तिजनक विस्फोटसँग मिल्दोजुल्दो रहेको जनाइएकाे छ । 

टाइटानिक जहाजकाे भग्नावशेष हेर्न पर्यटक बाेकेर गएकाे पनडुब्बी जहाज गएकाे आइतवार बेपत्ता भएकाे थियाे । जहाजमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतसहित दुई जना बेलायती–पाकिस्तानी, एक जना बेलायती व्यापारी र एक जना फ्रान्सेली अन्वेषक थिए ।

टाइटानिक जहाज सन् १९१२ को अप्रिलमा आफ्नो पहिलो यात्रामै आइसबर्गमा ठोक्किएपछि डुबेको थियो । त्यस बेला जहाजमा रहेका २२ सय जनामध्ये छ सय सात जनामात्रै बाँचेका थिए । समुद्रमा डुबेको जहाजको भग्नावशेष सन् १९८५ मा पत्ता लागेको थियो । 

केही वर्षदेखि टाइटनिक जहाजको भग्नावशेष देखाउन ओशनगेट कम्पनीले पनडुब्बीमार्फत पर्यटक लैजाने गरेकाे छ । कम्पनीले आठ दिनकाे प्याकेजका लागि प्रतिव्यक्ति साढे १ लाख डलर लिने गरेकाे छ ।

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया