रुसको कुर्स्क क्षेत्रमा ३० जना उत्तर कोरियाली सैनिक मारिए वा घ...
पुस १, २०८१ सोमबार
काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको 'साइट क्लियर' आउँदाे आर्थिक वर्ष २०८०/८१ भित्र गरिसक्ने योजना रहेको बताउनुभएको छ ।
शुक्रवार प्रतिनिधि सभामा प्रश्नाेत्तर कार्यक्रममा सांसदहरूले उठाएका प्रश्नकाे जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले यस्तो बताउनुभएको हो । उहाँले सरकारले राष्ट्रिय गौरवका आयोजनाहरूमा बजेट सुनिश्चित गर्ने गरेको पनि बताउनुभयो । उहाँले रेल सेवा सञ्चालन गर्ने कुरामा सरकार सकारात्मक रहेको उल्लेख गर्नुभयाे ।
उहाँले भन्नुभयो, ‘सरकारले राष्ट्रिय गौरवका आयोजनाहरूमा बजेट सुनिश्चित गर्ने गरेको छ । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आउँदाे आर्थिक वर्षमा 'साइट क्लियर' गर्ने कुरामा सरकारको गहिरो ध्यान छ । रेल सेवा सञ्चालन गर्ने कुरामा सरकार सकारात्मक रहेको छ ।’
प्रधानमन्त्रीले राष्ट्रिय गौरवका आयोजनाहरूमा आउँदा दिनमा आवश्यक बजेट व्यवस्थासहित सम्बन्धित निकायमार्फत सम्बोधन गरिने बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।