उद्योगमन्त्री भण्डारी र भारतीय समकक्षी गोयलबीच व्यापार सहजीकरणक...
मंसिर १८, २०८१ मंगलबार
काठमाण्डाै - कर्जाको माग कम हुँदा बैंकहरुमा पैसा थुप्रिन थालेको छ । बैंकमा पैसा थुप्रिन थालेपछि नेपाल राष्ट्र बैंकले मौद्रिक औजार अर्थात् रिभर्स रिपो जारी गरिरहेको छ ।
राष्ट्र बैंकले मागेको रिपोमा माग भन्दा धेरै दाबी परेको छ । पछिल्लो पटक राष्ट्र बैंकले १० अर्ब रुपैयाँको रिभर्स रिपोको माग गरेकोमा २६ अर्ब ३३ करोड रुपैयाँको आवेदन परेको छ । गएको चैतमा पनि राष्ट्र बैंकले माग गरे भन्दा धेरै रकम जम्मा गर्न बैंकहरुले आवेदन दिएका थिए । अहिले बैंकहरुसँग ४० अर्ब रुपैयाँ तरलता रहेको राष्ट्र बैंकले अनुमान गरेको छ ।
तरलता बढेपछि त्यसलाई तान्न राष्ट्र बैंकले चालु आर्थिक वर्षमा दोस्रो पटक रिभर्स रिपो जारी गरेको थियो । नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको चालु आर्थिक वर्षको १० महिना अर्थात् साउनदेखि वैशाखसम्म बैंक तथा वित्तीय संस्थाको निक्षेप सङ्कलन ७ दशमलव ३ प्रतिशतले बढेको छ तर निजी क्षेत्रमा प्रवाहित कर्जा ३ दशमलव ३ प्रतिशतले मात्रै बढेको छ ।
वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर ११ दशमलव ४ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ३ दशमलव १ प्रतिशत रहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।