सिन्धुपाल्चोक, कैलाली, कञ्चनपुर र आसपासका जिल्लामा बाढीको जोखिम

 असार ११, २०८० सोमबार ११:२६:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - आज सिन्धुपाल्चोक, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भएर बग्ने नदीहरुमा आकस्मिक बाढीको जोखिम रहेको बाढी पूर्वानुमान् महाशाखाले जनाएको छ।

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको महाशाखाले सूचना निकालेर बाढीको जोखिमबारे जानकारी गराउँदै नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ।

महाशाखाले पाँचथर, रसुवा, धादिङ, नुवाकोट, गोरखा, सल्यान, रोल्पा, रूकुम पश्चिम, जाजरकोट र आसपास भइ बहने केही स–साना नदीहरूमा पनि बहाव बढ्न सक्ने पूर्वानुमान गरेको छ । निरन्तर पानी परिरहेका र धेरै पानी पर्ने क्षेत्रमा बाढी पहिरोको जोखिम बढी हुने महाशाखाले जनाएको छ।

बितेको १२ घण्टामा कतै पनि भारी वर्षा भएको छैन । तर आज दिउँसोपछि कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । यस्तै, बाढी पूर्वानुमान् महाशाखाले आउँदो तीन दिन कोशी, नारायणी, कर्णाली, कन्काई, कमला, बाग्मती, राप्ती, बबइ लगायतका नदी र ती नदीका सहायक नदीहरुमा बाढी आउने जोखिम रहेको जनाएको छ।

मनसुनी वायुको प्रभावले देशका धेरैजसो भूभागमा वर्षा हुने भएकाले सानाठूला नदीहरूमा पानीको बहाव बढ्न सक्नेतर्फ सचेत हुनुपर्ने महाशाखाले जनाएको छ। 

अन्तिम अपडेट: कात्तिक ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया