पशुपति क्षेत्र विकास काेषका तत्कालीन सदस्य सचिव ढकालविरुद्ध भ्रष्टाचार मुद्दा

 असार ११, २०८० सोमबार १४:१९:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव डा. प्रदीप ढकालविरुद्ध भ्रष्टाचार गरेकाे आराेपमा मुद्दा दर्ता गरेकाे छ । 

गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा आज सोमवार विशेष अदालतमा ढकालविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिनुभयाे ।

ढकालले एक करोड ४४ लाख ११ हजार सात सय ८१ रुपैयाँ ७१ पैसा गैरकानुनीरूपमा आर्जन गरेको र त्याे रकमको स्रोत नखुलेका कारण मुद्दा दर्ता गरेकाे अख्तियारले जनाएकाे छ । ढकालकाे कुल सम्पत्ति सात करोड ८४ लाख पाँच हजार ९४ रुपैयाँ रहेको र त्याे रकममा एक करोड ४४ लाख ११ हजार सात सय ८१ रुपैयाँ ७१ पैसाको स्रोत खुल्न नसकेकोले अख्तियारले त्यही रकम बराबरको बिगो दाबी गरेकाे हो ।

ढकाल २०७४ साउन ३२ देखि २०७९ साल जेठ ३० गतेसम्म पशुपति क्षेत्र विकास कोषको सदस्य सचिव हुनुहुन्थ्याे ।

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • इन्द्र

    June 26, 2023, 2:34 p.m.

    अकुत सम्पत्ति कमाउने पठाउने काङ्ग्रेसका नेता कुमार खड्का ( विघटन भएको अखण्ड नेपाल् पार्टी अध्यक्ष ) र काङ्ग्रेस नेता मिलेर ठुलो सम्पत्ति आर्जन ब्यापक थियो । प्रदीप ढकाल सग अरबको सम्पत्ति हुन पर्छ । लुकाएर राखेको छ्न सबै लाई कार्यबाहि होस

  •  0 Reply

तपाईको प्रतिक्रिया