हिजो रोकिएको कोशी प्रदेश सभा बैठक आज, मुख्यमन्त्रीको प्रस्तावमा मत विभाजन हुने

 असार १५, २०८० शुक्रबार १२:७:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - कोशी प्रदेश सभाको बैठक आज बस्दैछ । आजको बैठकमा मुख्यमन्त्रीको प्रस्तावमाथि मत विभाजन हुनेछ ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले हिजो विश्वासको मत माग्नुभएको थियो तर उहाँले थप समय लिँदा प्रदेश सभा बैठक आज बिहान ११ बजेसम्मका लागि सारिएको थियो । 

हिजो बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने प्रस्ताव पेस गरे पनि संसद्को विश्वास नपाउने स्थिति बनेपछि उहाँकै आग्रहमा सभामुख बाबुराम गौतमले बैठक सार्नुभएको थियो ।

९३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४७ मत आवश्यक छ । तर एमालेका ४० र राप्रपाका ६ गरी ४६ प्रदेश सांसद मुख्यमन्त्री कार्कीको पक्षमा र कांग्रेसका २९, माओवादीका सभामुखसहित १३, एकीकृत समाजवादीका ४ गरी ४६ सांसद विपक्षमा छन् । एक सांसद मात्र रहेको जनता समाजवादी पार्टीले तटस्थ बस्ने निर्णय गरेको छ ।

एमाले नेता कार्की गएको पुस २४ मा मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । कार्कीले विश्वासको मत नपाए नयाँ सरकार गठनको प्रक्रिया शुरु हुन्छ । 

अन्तिम अपडेट: पुस २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया