सङ्खुवासभा : बाढीमा बेपत्ता एक जनाको शव १३ दिनपछि भेटियो, १९ जना अझै बेपत्ता

 असार १५, २०८० शुक्रबार २०:२६:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

सङ्खुवासभा – सङ्खुवासभाको हेवा खोलामा गएको असार २ गते राति आएको बाढीले बगाएर बेपत्ता भएकामध्ये एक जनाको शव भेटिएको छ ।

चैनपुर नगरपालिका–११ दुम्कट्टामा बिहीवार बेलुकी फेला परेकाे शव पहिचान हुन भने नसकेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका सूचना अधिकारी सरोज खनालले जानकारी दिनुभयो ।

बाढी पहिरोमा परेका १९ जना अझै बेपत्ता भएका प्रहरीले जनाएको छ । बाढी पहिरोका कारण सङ्खुवासभाका विभिन्न ठाउँमा २० परिवार विस्थापित भएका छन् । १२ वटा घर पूर्ण क्षति भएका छन् ।

अन्तिम अपडेट: कात्तिक ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया