देशका धेरै ठाउँमा वर्षा : स्याङ्जा, दाङ, रुपन्देही, पाल्पा र नवलपुरमा बाढीको उच्च जोखिम

 असार १६, २०८० शनिबार १०:५८:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – अहिले देशका धेरै ठाउँमा पानी परिरहेको छ । काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा पानी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

लगातार परेको पानीले केहि ठाउँमा बाढीको जोखिम छ । स्याङजा, दाङ, रुपन्देही, पाल्पा र नवलपुरमा बाढीको उच्च जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । ती जिल्ला भएर बग्ने खोलामा आकस्मिक बाढी तथा डुवान हुन सक्ने भएकाले नदी आसपासका क्षेत्रमा सतर्कता अपनाउन पनि बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

यस्तै आज इलाम, झापा, मोरङ, सुनसरी, मकवानपुर, चितवन, पर्सा, तनहुँ, गुल्मी, अर्घाखाँची, प्यूठान, कैलाली, कञ्चनपुर, डोटी, डडेलधुरा र आसपास भई बहने साना खोला तथा नदीमा पनि जोखिम रहेको महाशाखाले जनाएको छ ।
स्राेत : जल तथा माैसम विभाग

अन्तिम अपडेट: पुस २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया