पहिराेका कारण बाग्लुङ–कुश्मीशेरा सडक खण्ड अवरुद्ध

 असार १९, २०८० मंगलबार ८:५७:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

बाग्लुङ - वर्षासँगै आएको बाढी र पहिराेका कारण बाग्लुङ–कुश्मीशेरा सडक खण्ड अवरुद्ध भएको छ । बाग्लुङ नगरपालिका–१० भकुण्डेको दब्ल्याङमा पहिरो खस्दा जिल्लाको दक्षिण क्षेत्र जोड्ने बाग्लुङ–कुश्मीशेरा सडक बन्द भएको हो ।

गएरातिदेखि शुरु भएको वर्षासँगै दब्ल्याङमा पहिरो खसेको हो । तीन वर्षअघिदेखि शुरु भएको पहिराेले हिउँदमा सामान्य वर्षा हुँदासमेत सडक बन्द हुने गरेको छ । 

सदरमुकाम बाग्लुङ बजारबाट बाग्लुङ नगरपालिकाको बलेवा क्षेत्र, जैमिनी नगरपालिका र बरेङ गाउँपालिकाका लागि छुट्ने गाडी सडक अवरुद्ध हुँदा मर्कामा परेका छन् । सडक अवरुद्ध भएपछि निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको बाटो हुँदै गन्तव्यमा पुग्न गाडीले प्रयास गरिरहेका छन् । तर त्यही पहिराेका कारण करिडोरसमेत अवरुद्ध छ ।

अन्तिम अपडेट: कात्तिक ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया