असोज महिनामा झण्डै साढे तीन अर्ब रूपैयाँ बराबरको विदेशी लगा...
कात्तिक १६, २०८१ शुक्रबार
बलिउडका किङ्ग खान भनेर चिनिने अभिनेता शाहरुख खान यतिबेलो फिल्म जिरो को छायाँकनमा व्यस्त छन् ।
शाहरुख यस फिल्मको छायाँकनका लागि अमेरिकामा छन् । खबरअनुसार फिल्मको क्लाइमेक्सको छायाँकन अमेरिकाको नासामा गरिँदैछ ।
फिल्ममा शाहरुख एक पुड्का पात्रको भूमिकामा छन् । उनलाई पुड्काे देखाउनका लागि ४०० व्यक्तिको समूह विशेष तयारीमा जुटिसकेको छ ।
शाहरुखको प्रोडक्सन कम्पनी रेड चिल्लिज इन्टरटेन्मेन्टले फिल्मको भिएफएक्स (VFx)को जिम्मा लिएको छ । यस फिल्मका लागि ४०० जना भिएफएक्स आर्टिस्टहरुले काम गरिरहेका छन् ।
यो बाहेक अमेरिकाको स्टुडियोबाट समेत केही भिएफएक्स आर्टिस्टहरुलाई बोलाइएको छ ।
खबर अनुसार यस फिल्मको जम्मा बजेटबाट ७० करोड रुपैयाँ स्पेशल इफेक्टका लागि मात्र खर्च गरिनेछ । जसका कारण शाहरुखको यो फिल्म ‘बाहुबली’ पछि स्पेशल इफेक्टमा बढी लगानी गरेर तयार पारिएको दोस्रो महँगाे फिल्म हुने बताइएको छ ।
फिल्म जिरोमा शाहरुख खानका साथै अभिनेत्री अनुष्का शर्मा र कट्रिना कैफ रहेका छन् । आनन्द एल रायको निर्देशनमा बन्न लागेको यो फिल्म २०१८ को डिसेम्बर २१ मा रिलिज हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।