महाेत्तरीमा गाेली प्रहारबाट एक जना घाइते

 असार २०, २०८० बुधबार १३:३३:२ | उज्यालो सहकर्मी
unn.prixa.net

महाेत्तरी – गोली प्रहारबाट महोत्तरीमा एक जना घाइते भएका छन् । महोत्तरीको रामगोपालपुर नगरपालिका–१ बसबिट्टीमा मङ्गलवार बेलुकी आपसी विवाद हुँदा लक्ष्मीपुर बस्ने ३८ वर्षीय कौशल मण्डलले चलाएको गोली लागेर ४४ वर्षीय श्रवण यादव घाइते हुनुभएकाे हाे । घाइते यादवकाे जनकपुरमा रहेकाे जानकी हेल्थ केयरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

बसबिट्टी घर भएका यादवमाथि मण्डलले दुई राउन्ड गोली प्रहार गरेका इलाका प्रहरी कार्यालय रामगोपालपुरका प्रहरी नायब निरीक्षक (सई) सुमन सिंहले जानकारी दिनुभयो । घाइते यादवकाे कन्चट नजिक र दाहिने कुममाथिको भागमा गोली लागेकाे छ ।

गोली प्रहार गर्ने मण्डललाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका थिए । स्थानीयको कुटपिटबाट घाइते भएका मण्डललाई जलेश्वर प्रादेशिक अस्पतालमा उपचार गराई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय महोत्तरी ल्याइएको छ ।

घटनास्थलबाट प्रहरीले एक थान पेस्तोल, तीन थान गोलीको खोका बरामद गरेको छ ।

अन्तिम अपडेट: जेठ ३२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया