एमाले सांसदकाे अवराेधपछि राष्ट्रियसभा बैठक स्थगित

 असार २१, २०८० बिहीबार १३:५३:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – राष्ट्रियसभाको आज बिहीवारको बैठकमा नेकपा एमालेका सांसदहरूले अवरोध गरेपछि बैठक स्थगित भएको छ । बैठक सुरु हुनासाथ राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले दलका सांसद भैरवसुन्दर श्रेष्ठलाई बाेल्नका लागि अनुमति दिनुभयो । 

सांसद श्रेष्ठले केही दिन पहिलेको एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएकाे अभिव्यक्ति राष्ट्रियहित विपरीत रहेको आरोप लगाउनुभयो । उहाँले प्रधानमन्त्रीको भनाइ गलत भएको तर्क गर्दै त्यसविरुद्ध विरोध गर्ने आफ्नो संसदीय दलको निर्णय भएको बताउनुभयो । 

सभाध्यक्ष तिमिल्सिनाले पटक–पटक एमालेका सांसदहरूलाई आसन ग्रहण गर्न आग्रह गर्नुभयो । तर सांसदहरूले उभिएर विराेध जनाइरहे । सभाध्यक्ष तिमिल्सिनाले प्रधानमन्त्रीलाई बोलाएर उहाँको धारणा सुन्ने वातावरण बनाउने र बजेटको संवेदनशीलतालाई ध्यानमा राखेर बैठक सञ्चालनका लागि आग्रह गर्नुभएको थियो । तर एमाले सांसदहरूले विराेध जनाइरहेपछि संसद् बैठक स्थगित भयाे  

राष्ट्रियसभाको अर्को बैठक भाेलि शुक्रवार दिउँसाे १२ बजेर २९ मिनेटमा बस्नेछ ।

अन्तिम अपडेट: पुस २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया