‘बेकार’ को विषयमा प्रधानमन्त्रीले राजीनामा दिनु हुन्न : प्रवक्ता शर्मा

 असार २१, २०८० बिहीबार १७:५:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – पुस्तक विमोचन कार्यक्रममा दिएको अभिव्यक्तिलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा नदिने सरकारले स्पष्ट पारेको छ ।

बिहीवार मन्त्रिपरिषद् बैठककाे निर्णय सुनाइसकेपछि सञ्चारकर्मीले राखेको जिज्ञासामा सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले यस्तो बताउनुभएको हो । उहाँले यस विषयमा प्रधानमन्त्रीले राजीनामा दिनु नपर्ने जिकिर गर्नुभयाे । कार्यक्रममा प्रधानमन्त्रीले कुनै अन्यथा नबोलेको पनि उहाँकाे भनाइ छ ।

मन्त्री शर्माले याे विषय बेकारको विषय भएकाे भन्दै संसदमा उठाउनुपर्ने आवश्यकता नै नरहेको बताउनुभयो । उहाँले प्रतिपक्षी दलका कारण सरकारले मिटरब्याजीविरुद्धको विधेयक संसदबाट पास गर्न नपाएको आरोपसमेत लगाउनुभयो ।

उहाँले भन्नुभयो, ‘विपक्षीहरूले खास गरेर प्रधानमन्त्रीज्यूले एउटा पुस्तक विमोचनमा बोल्नुभएको कुरालाई आधार बनाएर संसदभित्र राजीनामा माग गरी अवराेध गरिरहेका छन् । प्रधानमन्त्रीले राजीनामा दिने कि नदिने भन्ने विषय हो, यो विषय नै त्यस्तो होइन कि राजीनामा दिनुपर्ने । कार्यक्रममा प्रधानमन्त्रीज्यूले अन्यथा बोलेको हामीलाई लाग्दैन । त्यो बेकार विषय उठाउनुपर्ने विषय होइन । त्यसैले यसमा प्रधानमन्त्रीको राजीनामा सोच्न सकिने विषय होइन । उहाँले राजीनामा दिनु हुन्न ।’

अन्तिम अपडेट: माघ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Meghraj

    July 6, 2023, 5:28 p.m.

    मन्त्री ज्यू प्रतिपक्षी दलका कारण सरकारले मिटरब्याजीविरुद्धको विधेयक संसदबाट पास गर्न नपाएको आरोप लगाउनु भयाे अनि अन्तिम समयसम्म विधेयकलाइ किन काखि च्याप्नु भा काे नी । जिज्ञासा ।।

  •  0 Reply

तपाईको प्रतिक्रिया