आपसी चासोका विषयमा सोझै सम्वाद गर्न चीनलाई अमेरिकाको आग्रह

 असार २४, २०८० आइतबार ६:५८:२७ | एजेन्सी
unn.prixa.net

अमेरिकाले चीनलाई आपसी चासोका विषयमा सोझै सम्वाद गर्न आग्रह गरेको छ । चीन भ्रमणमा रहेकी अमेरिकी अर्थमन्त्री जेनेट येलेनले चिनियाँ उपप्रधानमन्त्री हे लाइफङसँगको भेटमा वासिङ्टन र बेइजिङले आपसी मुद्दामा सोझै सम्वाद गर्नुपर्ने बताउनुभएको हो ।

पछिल्लो तनावकाबीच दुई देशले सन् २०२२ मा द्विपक्षीय व्यापारमा कीर्तिमान कायम गरेको तथ्यलाई ध्यानमा राखेर पारस्परिक व्यापार र लगानीमा संलग्न हुने पर्याप्त ठाउँहरु रहेका अर्थमन्त्री येलेनको भनाइ छ । उहाँले विश्वका दुई ठूला अर्थतन्त्रबीचको सहकार्यमा जोड दिएको समाचार संस्था एएफपीले जनाएको छ ।

चीनको चारदिने भ्रमणका क्रममा अमेरिकी अर्थमन्त्रीले दुई देशबीचको तनावलाई मत्थर गर्ने वासिङ्टनको चाहना रहेको भन्दै आपसी साझेदारी बढाउने प्रयास गर्नुभएको छ । चिनियाँ उपप्रधानमन्त्रीले गएको नोभेम्बरमा अमेरिकी राष्ट्रपति जो बाइडेन र समकक्षी सी जिनपिङबीच भएको भेटवार्तापछि चीन–अमेरिका सम्बन्ध सुधार गर्ने प्रयासलाई वासिङ्टनबाट बेवास्ता भएको बताउनुभएको छ । उहाँले दुई राष्ट्रप्रमुखबीच भएको सहमति कार्यान्वयनमा केही समस्या खडा भएकोतर्फ चिन्ता व्यक्त गर्नुभएको छ ।

सामान्य विषयलाई लिएर दुई देशबीचको सम्बन्धमा समस्या उत्पन्न हुन नहुनेतर्फ चिनियाँ उपप्रधानमन्त्रीले जोड दिनुभएको छ।

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया