एशेज शृङ्खला : इङ्ग्ल्यान्डले अस्ट्रेलियालाई ३ विकेटले हरायाे

 असार २४, २०८० आइतबार २०:३८:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – एशेज शृङ्खलाकाे तेस्राे टेस्टमा इङ्ग्ल्यान्डले राेमाञ्चक जित निकालेकाे छ । अस्ट्रेलियालाई ३ विकेटले हराउँदै इङ्ग्ल्यान्डले तेस्राे टेस्ट जितेकाे हाे ।

अस्ट्रेलियाले दिएकाे २ सय ५१ रनकाे लक्ष्य इङ्ग्ल्यान्डले चाैथाे दिनकाे खाना समयपछि ७ विकेट गुमाएर भेटायाे । इङ्ग्ल्यान्डका लागि ह्यारी ब्रूकले सर्वाधिक ७५ रन बनाए । यस्तै ज्याक क्रलीले ४४ र क्रिस वक्सले नटआउट ३२ रन बनाए । बलिङतर्फ अस्ट्रेलियाका मिचेल स्टार्कले ५ विकेट लिए ।

त्यसअघि लिड्समा टस हारेर पहिले ब्याटिङकाे निम्ताे पाएकाे अस्ट्रेलियाले पहिलो पारीमा २ सय ६३ रन बनाएकाे थियाे । इङ्ग्ल्यान्डले भने पहिलाे पारीमा २ सय ३७ रन बनाएकाे थियाे ।

याेसँगै इङ्ग्ल्यान्डले पाँच खेलकाे शृङ्खलामा पुनरागमन गरेकाे छ । पहिलाे र दाेस्राे टेस्ट जितेकाे अस्ट्रेलिया शृङ्खलमा २–१ ले अघि छ ।

अन्तिम अपडेट: कात्तिक २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया