जोर्डन जान लागेका १४ महिलासहित १५ जना विमानस्थलबाटै रोकिए

 असार २५, २०८० सोमबार ८:४१:२५ | रासस
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - कागजात शङ्कास्पद देखिएको भन्दै जोर्डन जान लागेका १४ महिलासहित १५ जना विमानस्थलबाटै रोकिएका छन् । कागजात अध्ययन गर्दा केही शङ्कास्पद देखिएकाले उनीहरुलाई अनुसन्धानका लागि रोकिएको अध्यागमन विभागले जनाएको हाे । 

जोर्डन जान लागेकामा एक जना पुरुष र १४ जना महिला रहेका छन् । विभागका महानिर्देशक झलकराम अधिकारीले डकुमेन्टहरू शङ्कास्पद देखिएकाले उनीहरूलाई हिजाे अध्यागमन विभागबाट खटिएका कर्मचारीले रोकेका जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, 'यस विषयमा अध्ययन हुँदैछ, आज छलफलका लागि बोलाएका छौँ।' उहाँका अनुसार  आधिकारिकरूपमा उनीहरुकाे श्रम स्वीकृति नदेखिएको पाइएको छ । उनीहरूको श्रम स्वीकृति अनलाइनमा पनि नदेखिएको विभागले जनाएकाे छ । 

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया