दक्षिण कोरियाका राष्ट्रपति युनद्वारा भ्रष्टाचार नियन्त्रण निकाय स...
पुस ३, २०८१ बुधबार
काठमाण्डाै – सट्टेबाजी गर्ने 'वान एक्स बेट' को विज्ञापन गरेको आरोपमा पक्राउ परेका हास्य कलाकार तथा युट्युबरहरूविरुद्ध जिल्ला अदालत काठमाण्डाैमा मुद्दा दर्ता भएको छ ।
यस प्रकरणमा बल्छी धुर्वे भनिने मरिचमान श्रेष्ठ, राजु मास्टर भनिने राजु पौडेल, म्याकुरी नामबाट चिनिएका पवन खतिवडा, एलिस राई, जलन घर्तीमगर, गणेश देवकोटा, ढेडु बुढो नामले परिचित सरोज घिमिरे, भटभटे माइलाको नामले चिनिने बेगम नेपालीलाई प्रहरीले जेठ ३२ गते पक्राउ गरेको थियो । कलाकार कुशल पोखरेल भने फरार छन् । प्रहरीले एक वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिबानाको माग गरेको छ । उनीहरूले एक पटक विज्ञापन बजाएको २० हजार रुपैयाँसम्म लिने गरेको अभियोगपत्रमा उल्लेख छ ।
कलाकारहरूलाई सट्टेबाजीको विज्ञापन दिने दिनेश खड्का र अनिता धिताललाई भने नेपाल राष्ट्र बैंक ऐनअनुसार सात वर्षसम्म कैद गर्नुपर्ने माग गरिएको छ । खड्का र धितालसँग ६४ करोड ९४ लाख २९ हजार रुपैयाँ बिगो भराउनसमेत माग गरिएको छ ।
खड्का र धिताललाई जेठ ३० गते प्रहरीले काठमाण्डाैकाे मैजुबहालबाट पक्राउ गरेको थियो । दुवै जनाले विभिन्न व्यक्तिको नाममा डिजिटल वालेट खोलेर कारोबार गर्ने गरेको पाइएको प्रहरीको भनाइ छ । खड्का र धितालको बयानका आधारमा हास्य कलाकारहरू पक्राउ परेका हुन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।