लेस्टर सिटीका मालिक भिचाईको हेलिकोप्टर दुर्घटनामा मृत्यु

 कात्तिक ११, २०७५ सोमबार ५:३८:८ | एजेन्सी

इङ्लिस फुटबल क्लब लेस्टर सिटीका मालिक भिचाई श्रीभद्नाप्रभाको हेलिकोप्टर दुर्घटनामा ज्यान गएको छ । हिजो क्लवको खेल हेरेर फर्कने क्रममा मैदान बाहिरपट्टि भएको दुर्घटनामा भिचाई सहित ५ जनाको ज्यान गएको क्लवले पुष्टी गरेको  हो ।

ज्यान गुमाउनेमा भिचाइकै दुईजना कर्मचारी, हेलिकोप्टरका चालक र एकजना यात्रु रहेको बीबीसीले जनाएको छ । लेस्टर सिटीको गृह मैदान किङ पावरमा भएको वेष्टह्याम युनाइटेडसँगको खेल हेरेर फर्किने क्रममा हेलिकोप्टर दुर्घटनामा परेको थियो । 

थाइल्याण्डका  अर्बपति श्रीभद्नाप्रभावले लेष्टर सिटीको स्वामित्व किनेपछि सन् २०१६ मा क्लवले प्रिमियर लिगको उपाधि जितेको थियो । 
 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया