नेपाल–भारत जोड्ने झोलुङ्गे पुलको लट्ठा भाँचियो, आउजाउ बन्द

 असार २९, २०८० शुक्रबार ११:५६:६ | ललित सामन्त
unn.prixa.net

दार्चुला – दार्चुलामा रहेकाे नेपाल–भारत जोड्ने दत्तु झोलुङ्गे पुलको लट्ठा भाँचिएको छ । महाकाली नगरपालिका–९ दत्तु र भारतको बालुवाकोट जोड्ने झोलुङ्गे पुलको लट्ठा भाँचिएको हो ।

लट्ठा भाँचिएपछि पुलमा आउजाउ बन्द भएको छ । पुलको भारततर्फको लट्ठा भाँचिदा दुर्घटनाको जोखिम रहेकाले आउाजाउ बन्द गरिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ । 

पुलकाे प्राविधिकबाट जाँच र मर्मत गर्नका लागि भारतीय पक्षसँग पहल भइरहेको प्रशासनले जनाएको छ । प्रशासनले एक सूचना निकालेर नेपाल–भारत जोड्ने झोलुङ्गे पुलमा आउजाउ बन्द गरिएको जनाएको छ ।

अन्तिम अपडेट: मंसिर ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

ललित सामन्त

सामन्त दार्चुलाका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया