आईसीसीकाे ऐतिहासिक घाेषणा : अब पुरुष र महिला क्रिकेटका लागि समान पुरस्कार राशि

 असार २९, २०८० शुक्रबार १३:५६:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले पुरुष र महिला क्रिकेट लागि समान पुरस्कार राशिकाे घाेषणा गरेकाे छ । 

बिहीवार दक्षिण अफ्रिकाको डर्नमा भएको वार्षिक सम्मेलनमा आईसीसीले याे ऐतिहासिक घाेषणा गरेकाे हाे । याे निर्णयसँगै अब हुने आईसीसी प्रतियाेगितामा पुरुष र महिला टिमले समान पुरस्कार राशि पाउने छन् ।

आईसीसीका अध्यक्ष ग्रेग बार्कलेले याे निर्णय खेलकुदकाे इतिहासमा महत्त्वपूर्ण क्षण भएकाे बताउनुभयाे । अब आईसीसी महिला विश्वकप, महिला टी–२० विश्वकप र १९ वर्षमुनिकाे महिला विश्वकपको विजेताले पुरुषकै समान पुरस्कार पाउने उहाँले बताउनुभयाे ।

‘यो खेलको इतिहासमा महत्त्वपूर्ण क्षण हो । आईसीसीको विश्वव्यापी प्रतियोगितामा प्रतिस्पर्धा गर्ने पुरुष र महिला क्रिकेटरले समान पुरस्कार राशि पाउनेछन्, म खुशी छु,’ उहाँले भन्नुभयाे ।

आईसीसीले पुरस्कार राशि समान बनाउन सन् २०१७ देखि नै हरेक वर्ष महिलातर्फकाे प्रतियाेगिताहरूमा पुरस्कार राशि बढाउँदै आएको थियो ।

अन्तिम अपडेट: असोज ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया