महानगरीय प्रहरी प्रभाग भैँसेपाटीमा कार्यरत इन्स्पेक्टर शाहीमाथि अनुसन्धान शुरू

 असोज १०, २०८१ बिहीबार १५:१७:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – ललितपुरको महानगरीय प्रहरी प्रभाग भैँसेपाटीमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) बिनुकुमारी शाहीमाथि अनुसन्धान शुरू भएको छ ।

इन्स्पेक्टर शाहीले एक जना व्यक्तिलाई पक्राउ गरेर लिएर ३० लाख रुपैयाँ लेनदेन गरेको आरोपपछि काठमाण्डौ उपत्यका प्रहरी कार्यालयले जिम्मेवारीबाट हटाएर छानबिन गर्न समिति गठन गरेको हो । इन्स्पेक्टर शाहीले त्यो पैसा आफन्तको खातामा हाल्न लगाएको आरोप छ ।

जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) नरहरि घिमिरेको नेतृत्वमा सात सदस्यीय छानबिन समिति गठन भएको छ । ललितपुर प्रहरीले यो घटनामा दुई जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

अन्तिम अपडेट: असोज ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया