कुलेखानी जलविद्युत् आयोजनाको जलाशय भरिन थाल्याे

 असोज ११, २०८१ शुक्रबार १७:५३:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – मकवानपुरको कुलेखानी जलविद्युत् आयोजनाको जलाशय भरिन थालेको छ । जलाशय भरिन थालेपछि तल्लो तटीय क्षेत्र डुबानको जोखिममा परेकाे छ ।

निरन्तर ठूलो पानी परेको र पानी पर्ने क्रम नरोकिए आज रातिसम्म ड्यामको ढोका खोल्नुपर्ने अवस्था आउने नेपाल विद्युत् प्राधिकरण कुलेखानी प्रथम जलविद्युत् केन्द्रले जिल्ला प्रशासन कार्यालय मकवानपुरलाई पत्राचार गरेको छ ।

केन्द्रका प्रमुख तारादत्त भट्टले ड्यामको ढोका खोलेको अवस्थामा तल्लो तटीय क्षेत्र जोखिममा पर्ने भन्दै स्थानीय बासिन्दालाई सतर्कता अपनाउन आग्रह गर्नुभएको छ ।

अन्तिम अपडेट: असोज ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया