कालीगण्डकी, नारायणी र कोशीमा जलसतह बढ्यो : नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

 असार ३०, २०८० शनिबार ६:५०:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – लगातारको वर्षाले कालीगण्डकी, नारायणी र कोशीमा जलसतह बढेको छ । बाढी पूर्वानुमान महाशाखाले ती नदी तटीय क्षेत्रमा बाढीको चेतावनीसहित उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

महाशाखाका अनुसार गएराति नवलपरासीको बर्दघाट र डन्डा आसपासको क्षेत्र, पाल्पा, स्याङ्जा, तनहुँ र कास्कीमा ठूलो पानी परेको छ । नवलपरासीको विनयी, अरुण, गिरुवारी खोला, नवलपुरलगायत ती क्षेत्र भएर बग्ने स–साना खोलामा आकस्मिक बाढीको सम्भावना रहेको छ । त्यस्तै पाल्पाको निस्ती खोलालगायत आसपासका क्षेत्रमा पनि बाढीको जोखिम छ ।

कोशीमा जलसतह बढ्दा महोत्तरीको जलेश्वर आसपासमा बाढीको जोखिम छ । अहिले बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली, र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज देशभरको मौसम सामान्यदेखि पूर्ण बदली छ । साना खोला, डुबान भैरहने होचो ठाउँ तथा नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन र यात्रामा निस्कदा सावधानी अपनाउन पनि मौसमविद्ले आग्रह गरेका छन् ।

अन्तिम अपडेट: कात्तिक ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया