आईसीसीले च्याम्पियन्स ट्रफीका लागि 'हाइब्रिड' मोडल प्रस्ताव गर्ने...
मंसिर १२, २०८१ बुधबार
फ्रेन्च लिग वनमा पेरिस सेन्ट जर्मेइनले आफ्नो अग्रता कायम राखेको छ । ओलम्पिक मार्सेलाई २–० ले हराउँदै पीएसजीले लिग वन तालिकामा आठ अंकको अग्रता हासिल गरेको हो ।
मार्सेको मैदानमा भएको खेलमा पीएसजीलाई जित दिलाउनका लागि केलियन एमबाप्पे र जुलियन ड्राक्सलरले गोल गरेका थिए ।
पहिलो हाफ गोलरहित बनेको खेलको ६५औं मिनेटमा एमबाप्पलेले गोल गरेका थिए । उनले एंगल डि मारियाको पासमा गोल गरेका थिए । इन्ज्युरी समयको पाँचौं मिनेटमा ड्राक्सलरले नेयमारको पासमा गोल गरेपछि पीएसजीले २–० को जित निकालेका हो ।
जितसँगै पीएसजीले ११ खेलबाट शतप्रतिशत जित निकाल्दै ३३ अंक बनाएको छ । समान खेल खेलेको लिल २५ अंकसहित दोस्रो स्थानमा छ । मार्से भने १९ अंक सहित पाँचौं स्थानमा छ । लिगको एघार खेलमा जित हात पर्ने क्रममा पीएसजीले ३९ गोल गरेको छ भने ६ गोलमात्र खाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।