गुल्मीको रेसुङ्गामा एक महिने साउने मेला शुरु

 साउन १, २०८० सोमबार १८:२५:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

गुल्मी – गुल्मीको धार्मिक क्षेत्र रेसुङ्गामा आज साेमवारदेखि साउने मेला शुरु भएको छ । साउन महिनाको पहिलो दिन सोमवारे औँसी पर्वको अवसरमा आज बिहानैदेखि रेसुङ्गामा श्रद्धालुहरूको भिड लागेको छ ।

साउन महिनामा रेसुङ्गामा पुगेर महापोखरीमा स्नान गरी यज्ञशाला मन्दिरमा पूजाआजा गर्नेहरूको घुइँचो लाग्ने गर्दछ । विशेषगरी साउन महिनाभर रेसुङ्गा संरक्षण समितिले यस क्षेत्रमा एक महिने धार्मिक मेला सञ्चालन गर्दै आएकाे छ । अन्य महिनाको तुलनामा साउन महिनाको सोमवारका दिन श्रद्धालुकाे भिड लाग्ने गर्दछ ।

त्रेता युगदेखि यस क्षेत्रको महत्त्व अहिलेसम्म पनि कायम रहेको हुँदा यसको महत्त्व अझ बढ्दै गएको रेसुङ्गा संरक्षण समितिका अध्यक्ष सुरेशचन्द्र भुसालले बताउनुभयाे । त्यही आस्था र विश्वासका कारण रेसुङ्गा क्षेत्रमा गुल्मीसहित पाल्पा, बाग्लुङ, अर्घाखाँची, स्याङ्जा, रुपन्देही, नवलपरासी, कपिलवस्तुलगायतका जिल्लाहरूबाट आउने श्रद्धालुहरूको बर्सेनि घुइँचो लाग्ने गर्दछ । साउन महिनाभर रेसुङ्गा संरक्षण समितिले यज्ञशालामा दिनहुँ हवन, रुद्री, गीता र चण्डी पाठका साथै रातभर भजन किर्तन हुने गर्छ ।

रेसुङ्गा नगरपालिकाले शुरु गरेको ‘जाउँ हिडौँ रेसुङ्गा’ अभियानसँगै विगतका वर्षहरूको तुलनामा यस पटक साउन महिनाभर ५० हजारभन्दा बढी श्रद्धालु रेसुङ्गा क्षेत्रमा भित्र्याउने योजना रहेको नगरपालिकाका मेयर खिलध्वज पन्थीले बताउनुभयाे ।

जिल्ला सदरमुकाम तम्घासदेखि सात किलोमिटर दुरीमा रहेको रेसुङ्गा पुग्न पक्की सडक बनेपछि झनै सहज भएकाे छ ।

अन्तिम अपडेट: असोज १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया