काठमाण्डाै महानगरले सामुदायिक विद्यालयका शिक्षकलाई मासिकरूपमै तलब खुवाउने

 साउन १, २०८० सोमबार १८:५५:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाले आफ्नो मातहतभित्रका सामुदायिक विद्यालयका शिक्षकहरूलाई मासिकरूपमै तलब उपलब्ध गराउने व्यवस्था गरेको छ । 

स्रोत भर्ना कोषमार्फत सामुदायिक विद्यालयका शिक्षकहरूलाई मासिकरूपमा नै तलब खुवाउने व्यवस्था गरेको महानगरकी उपमेयर सुनिता डंगोलले जानकारी दिनुभयाे ।

सङ्घीय सरकारले सामुदायिक विद्यालयका शिक्षकहरूलाई त्रैमासिकरूपमा तलब उपलब्ध गराउँदै आएकाे छ । तर महानगरले भने स्रोत भर्ना कोषमार्फत शिक्षकहरूलाई मासिकरूपमै तलब दिने दिने व्यवस्था गरेको हो । 

उपमेयर डंगोलले भन्नुभयो, यो वर्षदेखि महानगरपालिकाले आफ्नाे मातहतभित्रका सामुदायिक विद्यालयका शिक्षकहरूलाई मासिकरूपमै तलब दिने व्यवस्था गरेकाे छ । स्राेत भर्ना काेषमार्फत महानगरभित्रका सामुदायिक विद्यालयका शिक्षकहरूले मासिकरूपमै तलब पाउने व्यवस्था गरेका छौँ ।’

अन्तिम अपडेट: पुस २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया