काठमाण्डाै महानगर 'स्विस टुरिजम अवार्ड' का लागि छनाेट

 साउन २, २०८० मंगलबार १७:२७:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डाै महानगरपालिका 'स्विस टुरिजम अवार्ड २०२३' का लागि छनोट भएको छ । आउँदो नोभेम्बर ३ देखि ५ तारिखसम्म स्विट्जरल्यान्डकाे लुगानो सहरमा हुने अवार्ड कार्यक्रममा काठमाण्डाै महानगरपालिका छनोट भएको हो । पर्यटन क्षेत्रका वैज्ञानिक पेसाकर्मीहरूको निर्णायक समितिले अवार्डका लागि काठमाण्डौ महानगरलाई छनोट गरेको आयोजकले जनाएको छ ।

काठमाण्डाैकाे सांस्कृतिक, धार्मिक र पुरातात्त्विक इतिहास, मूर्त–अमूर्त सम्पदा र जीवन्त सहरी वातावरणले आगन्तुकलाई मोहित बनाउने गरेको आयोजकले काठमाण्डौ महानगरलाई पठाएको निमन्त्रणापत्रमा उल्लेख छ । काठमाण्डौ महानगरले विश्वभरका आगन्तुकलाई मोहित बनाउने पनि पत्रमा उल्लेख छ ।

'स्विस टुटिजम अवार्ड' गएकाे १५ वर्षदेखि भइरहेको छ । अवार्डका लागि महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाले आवेदन दिन सक्छन् । आवेदकमध्येबाट निश्चित सङ्ख्यामा अवार्डका लागि मनोनयन गरिन्छ । अवार्ड कार्यक्रममा स्विट्जरल्यान्ड, इटालीसहित अन्तर्राष्ट्रिय क्षेत्रमा गन्तव्यको प्रचार गरिन्छ ।

अन्तिम अपडेट: पुस २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया