सीमा पार गरेर उत्तर काेरिया पुगेका अमेरिकी नागरिक हिरासतमा

 साउन २, २०८० मंगलबार २०:२२:३० | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

उत्तर कोरियाले सीमा पार गरेको भन्दै एक अमेरिकी नागरिकलाई हिरासतमा लिएको छ । उत्तर कोरिया र दक्षिण कोरियाबीच दुई देशलाई छुट्याउने एउटा गैरसैनिक क्षेत्रबाट उनले अनुमतिविना नै सीमा पार गरेका बीबीसीले जनाएको छ ।

यो क्षेत्र दुई वटा कोरियालाई छुट्याएको विश्वको सबैभन्दा धेरै सुदृढ क्षेत्रमध्येको एक हो । यस क्षेत्रमा बारुदी सुरुङ र करेन्ट प्रवाह गरिएको काँडेतार हुन्छ भने क्यामेरामार्फत पनि निगरानी भइरहेको हुन्छ ।

संयुक्त राष्ट्र सङ्घले यस घटनाबारे उत्तर कोरियाको सेनासँग छलफल भइरहेको जनाएको छ । गरिबी र अनिकालबाट भागेर उत्तर कोरियाबाट हरेक वर्ष हजारौँ मानिस अन्य देशमा पुग्न प्रयास गर्छन् । तर यो क्षेत्र पार गर्न मुस्किल छ ।

दक्षिण कोरियाले यसअघि सन् २०१७ मा उत्तर कोरियाली एक सैनिकले यो क्षेत्र पार गर्ने प्रयास गर्दा ४० वटा गोली लागे पनि बच्न सफल भएको बताएको थियो ।

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया