काठमाण्डौ उपत्यकाको फोहर ढुवानीमा अवरोध कायमै

 साउन ४, २०८० बिहीबार १८:५२:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – काठमाण्डौ उपत्यकाको फोहर ढुवानीमा अवरोध कायमै छ । आज बिहीवार बिहान स्थानीयले फोहरको दुर्गन्ध कम गर्ने औषधि छर्कर्ने र फोहरलाई माटोले पुर्ने काम गरेपछि फोहर बोकेका गाडी बञ्चरेडाँडा जान दिने बताएका थिए । स्थानीयको मागअनुसार काठमाण्डौ महानगरपालिकाले काम थाले पनि अहिले फेरि उनीहरूले पुराना माग पूरा नभएसम्म गाडी जान नदिने अडान लिएका छन् ।

शहरी विकास मन्त्रालयसँग हिजो बुधवार नुवाकोटको ककनी गाउँपालिकाका जनप्रतिनिधि र स्थानीयवासीकाे छलफलमा मौखिक सहमति भए पनि स्थानीयको अवरोधकै कारण आज पनि फोहर बोकेका गाडी ल्यान्डफिल्ड साइट जान सकेका छैनन् । मन्त्रालयसँगको सहमतिअनुसार फोहर व्यवस्थापन भइरहेको सिसडोल र बञ्चरेडाँडामा दुर्गन्ध फैलिन नदिन फोहरलाई माटोले छोप्ने तथा औषधि छर्कने काम भइरहेको छ ।

फोहरको विषयलाई लिएर नुवाकोटको ककनी र धादिङको धुनीवेशीका स्थानीयले पटक–पटक आन्दोलन गर्दै आएका छन् । यसअघि पनि महानगरपालिका र शहरी विकास मन्त्रालयसँग दुर्गन्ध हटाई फोहर छोप्ने सहमति भएको थियो । तर त्यो कार्यान्वयन नभएको भन्दै स्थानीयले आन्दोलन गरिरहेका हुन् ।

अन्तिम अपडेट: पुस २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया