प्रधानमन्त्री कप महिला क्रिकेटमा आजका दुई वटै खेल टस पनि नभई रद्द
माघ ३, २०८१ बिहिबार
काठमाण्डाै - झण्डै एक सय किलो सुन तस्करीमा संलग्न रहेको आरोपमा अहिलेसम्म १० जना पक्राउ परेका छन् । एक–एक जना भारतीय र चिनियाँ नागरिकसहित १० जना पक्राउ परेका हुन् । राजस्व अनुसन्धान विभागका अनुसार पक्राउ पर्नेमा कार्गाे र कुरियर सेवा दिने कम्पनीका सञ्चालक पनि छन्।
विभागका महानिर्देशक नवराज ढुङ्गानाले जसको नाममा सुन आएको थियो त्यही कम्पनीको सामान यसअघि पनि ल्याउने र लैजाने कार्यमा सक्रिय रहेको देखिएपछि उनीहरुलाई पक्राउ गरिएको बताउनुभयो । पक्राउ परेका कार्गाे तथा कुरियर सेवा दिने कम्पनीका तीन जना सञ्चालकहरूको नाम भने विभागले सार्वजनिक गरेको छैन ।
अवैध सुन प्रकरणमा पक्राउ परेका १० जनामध्ये छ जनालाई उच्च अदालत पाटनबाट १० दिनको म्याद लिएर अनुसन्धान थालिएको छ । चिनियाँ नागरिकसहित चार जनालाई भने आज म्याद थप गरिने विभागले जनाएको छ । यो प्रकरणमा चिनियाँ र भारतीय नागरिक पक्राउ परेसँगै चीनदेखि भारतसम्मको गिरोह सक्रिय रहेको खुलेको छ ।
नेपाली गिरोह पत्ता लगाउन अनुसन्धान भइरहेको छ । नेपाली मुख्य नाइके खोज्न अनुसन्धान भइरहेको राजस्वका अधिकारीहरूको भनाइ छ । भन्सार विभागले सुन जाँचपासका क्रममा कर्मचारीको संलग्नता र घटनाका विषयमा छानबिन गर्न विभागका निर्देशक मानबहादुर पौडेलको संयोजनमा ६ सदस्यीय समिति बनाएको छ । प्रहरीले पनि अनुसन्धान अघि बढाएको छ ।
अर्थ मन्त्रालयले विमानस्थल भन्सारका जाँचपास अधिकृत रमेश चन्द र जाँचकी खरिदार कुमार ढकाललाई निलम्बन गरिसकेको छ । बरामद सुन भने राष्ट्र बैंकको टक्सार विभागमा परीक्षण गरेर राष्ट्र बैंकको ढुकुटीमा पठाइएको छ । भन्सार पास भएर बाहिरिन लाग्दा विभागको टोलीले अस्ति बुधवार राति हङकङबाट ल्याइएको झण्डै एक सय किलो सुन सिनामङ्गलमा बरामद गरेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।