आईसीसीले च्याम्पियन्स ट्रफीका लागि 'हाइब्रिड' मोडल प्रस्ताव गर्ने...
मंसिर १२, २०८१ बुधबार
काठमाडौं – यू–१५ साफ च्याम्पियनसिप फुटबलमा भारत सेमिफाइनलमा पुगेको छ । आज भएको पहिलो खेलमा भुटानलाई ४–० गोल अन्तरले पराजित गर्दै समूह उप–विजेताको रुपमा सेमिफाइनलमा स्थान बनाएको हो ।
सुरुदेखि नै भुटानमाथि दबाब राखेको भारतले चौथो मिनेटमा अग्रता बनाएको थियो । उसका लागि पाउल सुभोले गोल गरेका थिए । पहिलो हाफमा १ गोल गरेको भारतले दोस्रो हापमा ३ गोल थपेको थियो ।
भारतका सुब्बाब कुसाङले ६६औं मिनेटमा टिमकालागि दोस्रो गाल गरेका थिए । उनै सुब्बाले ८३औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दा भारत ३–० ले अघि बढेको थियो । ९०औं मिनेटमा पनि भारतले गोल गर्दै ४-० को जित निकालेको हो ।
भारत र भुटान आफ्नो पहिलो खेलमा पाकिस्तानसंग पराजित भएका थिए । पाकिस्तान ६ अंक सहित समूह विजेताको रुपमा सेमिफाइनलमा पुगि सकेको छ ।
आजै समूह चरणको अन्तिम खेलमा नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।