अब लाठी, बन्दुक बोकेर गरिने 'ड्युटी' बाट मात्र प्रहरीले जस पाउन सक्दैन : आईजीपी कुँवर

 साउन ५, २०८० शुक्रबार १७:४६:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले परिवर्तित सन्दर्भमा नेपाल प्रहरीले आफ्नो अध्ययन र बुझाइको दायरालाई बृहत् बनाउन जरुरी रहेको बताउनुभएको छ । सुरक्षाजस्तो संवेदनशील क्षेत्रमा काम गर्नुपर्ने भएकाले प्रहरीले कानुन, समाज र परिवर्तनका नियमहरूलाई बुझ्नका लागि पनि आफ्नो अध्ययन र बुझाइको दायरालाई बृहत् बनाउनुपर्ने आवश्यकता रहेको उहाँको भनाइ थियो ।

शुक्रवार काठमाण्डाैमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) डा. मनोजकुमार केसीद्वारा लिखित पुस्तक ‘इन्ह्यान्सिङ पोलिसिङ इन नेपाल : अ ह्यूमन सेक्युरिटी इन्फम्ड एप्रोज, कन्सेप्ट एण्ड इम्पिलीकेशन’ को विमोचनमा आईजीपी कुँवरले अबको जमानामा लाठी, बन्दुक बोकेर गरिने 'ड्युटी' बाट मात्र नेपाल प्रहरीले जस पाउन नसक्ने स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘आफ्नो स्थापनाकालदेखि अहिलेसम्म नेपाल प्रहरी यो देशका हरेक सङ्घर्ष र परिवर्तनको साछी रहेको छ । यी परिवर्तनहरूले हामीलाई के सिकाएको छ भने प्रहरीले समाज र समयको ढुकढुकी बुझ्न जरुरी छ । अबको जमानामा लट्ठी, बन्दुक बोकेर गरिने ड्युटीबाट मात्र प्रहरीले जस पाउन सक्दैन । सुरक्षाजस्तो संवेदनशील विषयमा काम गर्नुपर्ने भएकोले प्रहरीले कानुन, समाज र परिवर्तनका नियमलाई बुझ्नुपर्छ । त्यसका लागि आफ्नो अध्ययन र बुझाइको दायरालाई बृहत् बनाउन जरुरी छ ।’

आईजीपी कुँवरले द्वन्द्वपछिको सङ्क्रमणकालीन समयमा हुने सुरक्षा समस्या र त्यसको समाधानका लागि केसीद्वारा लिखित पुस्तक उपयोगी हुने विश्वाससमेत व्यक्त गर्नुभयो । उहाँले पुस्तकको अनुकरण र अनुशरणबाट नेपाल प्रहरीको विकास र रूपान्तरणका लागि कोशेढुङ्गा सावित हुने बताउनुभयो ।

कार्यक्रममा पुस्तकका लेखक केसीले पुस्तक प्रहरी अनुसन्धानको कामलाई थप प्रभावकारी बनाउन सहयोगी हुने धारणा व्यक्त गर्नुभयाे ।

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया